FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा प्रारम्भ

स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पूर्वाधार ! 
घ्याङलेखको समृद्धिको आधार !!

भन्ने मूल नाराका साथ आज मिति २०७७ असार १० गते घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा प्रारम्भ भएको छ । यस गाउँपालिकाको गरिमामय गाउँ सभाका अध्यक्षज्यू  श्री जगत बहादुर भोलन, सम्पूर्ण सदस्यज्यूहरु, आमन्त्रित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि एवं उपस्थित कर्मचारीहरु समक्ष गाउँपालिकाका उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारज्यूले आ.व. २०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । आज गाउँ सभाको प्रारम्भ भएसँगै निरन्तर छलफल चल्नेछ र मिति २०७७ असार २५ गते समापन हुनेछ ।

सातौं गाउँ सभा प्रारम्भ समारोहको भिडियो फिचर:

१. घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा प्रारम्भ समारोह (भाग-१) - २०७७ असार १० गते ।

२. घ्याङलेख गाउँपालिकाको सातौं गाउँ सभा प्रारम्भ समारोह (भाग-२) - २०७७ असार १० गते ।

आर्थिक वर्ष: