FAQs Complain Problems

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

परिचय : घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ ।

 

घ्याङलेख गाउँपालिकाको भिडियो बृत्तचित्र

 

वेरोजगार व्यक्तिले गाउँपालिकाको वडामा निवेदन दिने समयावधि सम्बन्धमा

भूमि सम्बन्धी विवरण पठाईएकाे सूचना

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सम्बन्धी सूचना


महत्वपूर्ण लिङ्कहरु (Important Links)


जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9840583865 / 9614970465
durgasunuwar76@gmail.com
प्रवक्ता
9862367583

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854041892
ramkumarkarki25@gmail.com
इन्जिनियर
9855055080
deepneupane143@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर निशुल्क र सिफारिश दस्तुर पैतृक जग्गा हक वालालाइ नामसारी गर्दा रु.२००/- अपुताली परी हकवाला सिफारिस गर्दा रु.५००/-
आवश्यक कागजातहरुः-

निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता/जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ती कर तिरेको रसिद, नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा सम्बन्धित वाडाको भन्दा अन्य वाडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाई सराई प्रमाण पत्र

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर निशुल्क र सिफारिश दस्तुर रु. २००/- सर्जमीन २००/- जम्मा ४००/-
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।
(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि आएमा रु.५०
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 
सेवा प्रकारः- बिवाह दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि आएमा रु.५०
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन पछि आएमा रु.५०
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

जानकारी