FAQs Complain Problems

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८० सम्पन्न

"राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ यहि माघ १२ गते देखि घ्याङलेख गाउँपालिकाको वडा नम्बर ३ स्थित कोल्टारमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८० हिजो माघ १४ गते सफलतापूर्वक सम्पन्न गरियो । घ्याङलेख गाउँपालिकाको खेलकुद विकास समितिको अध्यक्ष अविनाश वाईबाको अध्यक्षता, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकर मान घलानको प्रमुख आतिथ्यता, नि. प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार स्याङ्तानको विशिष्ट आतिथ्यता, वडा अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षक/शिक्षिकाहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु लगायत अन्य अतिथिहरु र खेलाडीहरुको समुपस्तिथिमा समापन कार्यक्रम भएको थियो । जम्मा १५ वटा विधाका प्रतिस्पर्धाहरु मध्ये छात्र/छात्रा सहित ८ वटा प्रतिस्पर्धाहरुमा स्वर्ण पदक जितेर  श्री नेत्रकाली मा. वि. आँपडाँडा, रामपुरले प्रथम स्थान हाँसिल गर्न सफल भएकोमा श्री मा. वि. मरिण हायुटारले ३ स्वर्ण पदक सहित दोस्रो स्थानमा रहन सफल भयो । श्री मा. वि. नेत्रकाली तामाजोर भने २ स्वर्ण पदक सहित तेस्रो भए । घ्याङलेख गाउँपालिकामा रहेका ६ वटा  माध्यमिक विद्यालयहरु सहभागी यस प्रतियोगिताका विजेता खेलाडीहरुले  शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रत्येक विधामा प्रथम स्थान हाँसिल गर्ने टोलीले घ्याङलेख गाउँपालिकालाई प्रतिनिधित्व गर्दै सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा आजबाट सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिने छन् ।

आर्थिक वर्ष: