घ्याङलेख गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम मिति २०८३ साउन २८ र २९ गते गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित योजना, बजेट कार्यान्वयनको अवस्था, हासिल भएका उपलब्धि तथा देखिएका चुनौतीहरूमाथि गहन समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरियो।
बालविवाह न्यूनीकरण, उच्च शिक्षामा महिलाको पहुँच विस्तार र छोरी–बुहारीलाई अध्ययनमा निरन्तरता दिन प्रोत्साहन गर्ने उद्देश्यले घ्याङलेख गाउँपालिकाले ‘घ्याङलेखको छहारी, शिक्षित छोरी–बुहारी’ कार्यक्रमअन्तर्गत यस वर्ष स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १५ महिलालाई नगदसहित सम्मान गरेको छ ।घ्याङलेख गाउँपालिकाले गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १५ जना विवाहित तथा अविवाहित महिलालाई जनही पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको हो ।सम्मानित हुनेमा सुमिता भोलन, रेनुका बम्जन थापा, समली तामाङ योञ्जन, उर्मिला विक, निमिषा पुलामी, अञ्जना पुलामी, सव
आज मिति २०८३।०३।१० गते बुधबारको दिन घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १९ औँ अधिवेशन,घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा र घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँसभा सदस्यहरु,घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थितिमा सम्पन्न भयो । उपाध्यक्ष श्री शंकरमान घलान ज्यूले आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । गाउँ सभाको १९ औँ अधिवेशनको अवसरमा गाउँपालिकाले बिभिन्न १५ विधामा कर्मचारीहरु एवं बिभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । साथै गाउँपालिकाले "घ
श्रमको सम्मान, राष्ट्रको अभियान" भन्ने मूल नाराका साथ घ्याङलेख गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८३ जेठ २ गते एक दिवसीय श्रमदान सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।स्थानीय वातावरणलाई स्वच्छ,सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सञ्चालित यस अभियान अन्तर्गत आज गाउँपालिकाका विभिन्न महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा सरसफाई गरिएको छ।यस प्रशंसनीय र सामूहिक कार्यमा सक्रियताका साथ सहभागी भई श्रमदान गर्नुहुने जनप्रतिनिधिहरू,राष्ट्रसेवक कर्मचारीहरू,सुरक्षाकर्मीहरू,स्थानीय भद्र–भलाद्मी, बुद्धिजीवी, व्यवसायी तथा आम सर्वसाधारण नागरिकहरूमा घ्याङलेख गाउँपालिका हार्दिक धन्यवाद तथा
आज मिति २०८३।०२।२९ गतेका दिन घ्याङलेख गाउँपालिकाद्वारा आयोजित SOP(सेवा प्रवाह मापदण्ड) निर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम यसै गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सह-सचिव श्रीमान रेशमलाल कडेल,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू,गाउँपालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु,वडा सचिवहरू लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका र मातहतका वडा कार्यालयहरूबाट प्रदान गरिने सार्वजनिक सेवाहरूलाई निश्चित कार्यविधि र समयसीमा भित्र पारदर्शी ढंगले सम्पादन गर्नका लागि SOP (Standard Operating Pro
घ्याङलेख गाउँपालिकाको आयोजनामा आज मिति २०८३ साल जेठ २९ गते "जनप्रतिनिधि मेलमिलापकर्ता तथा सरोकारवालाहरुलाई विवाद निरुपण सम्बन्धी अभिवृद्धि कार्यक्रम"सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने विवादहरूलाई न्यायोचित र सौहार्दपूर्ण वातावरणमा समाधान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली जिल्ला अदालतका माननीय न्यायाधीस श्री कमल राज विष्ट,श्रेष्तेदार श्री चित्रखर अधिकारी,सिन्धुली जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरे,घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशास
प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा देखा परेका डिजिटल सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै घ्याङलेख गाउँपालिकाको आयोजनामा विद्यालय स्तरिय साईबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको प्रशिक्षण ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण थापा मगर र घ्याङलेख गाउँपालिका सिन्धुलीका सूचना प्रविधि अधिकृत जिवन घिमिरे ज्यूले गर्नु भएको थियो।प्रशिक्षणका क्रममा सूचना प्रविधि अधिकृत घिमिरेले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन वित्तीय ठगी (Online Fraud) बाट बच्ने उपाय, बलियो पासवर्डको महत्त्व र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित जोखिमहरूका बारेमा प्रयोगात्मक जानक
आज मिति २०८३ साल जेठ ७ गते घ्याङलेख गाउँपालिकाको आयोजनामा "नागरिक आरोग्य अभियान" सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आज मिति २०८३।०१।०८ गतेका दिन बागमती प्रदेश सरकार,भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री डा.दिनेशचन्द्र देवकोटा ज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमति प्रदेश सरकारका माननीय श्री गंगा नारायण श्रेष्ठ,माननीय श्री मातृका प्रसाद भट्टराई,बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री ईश्वरचन्द्र मरहट्टा,बिभिन्न पार्टिका प्रतिनिधिहरु,सिन्धुली जिल्लाका बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरु,घ्याङलेख गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरु,स्थानीय वुद्धिजीवीहरु लगायतक