FAQs Complain Problems

बिदाई अर्थात फेरी भेटौँला कार्यक्रम सम्पन्न (२०८० जेठ १०)

बिगत तीन वर्ष भन्दा बढी यस गाउँपालिकामा कार्यरत रहनुभएका लेखा सहायक श्री रुद्र प्रसाद दहाल सर र असिस्टेन्ट सब ईन्जिनियर इन्द्रकला थापा म्याम नियमित सरुवाको क्रममा अन्यन्त्र पालिका सरुवा हुनुभएकोले आज मिति २०८० साल जेठ १० गते बुधबारका दिन यस गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू, उपाध्यक्ष श्री शंकर मान घलानज्यू, सबै वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की लगायत कर्मचारीहरुको उपस्थितिमा उहाँहरुले यहाँ रहँदा यस गाउँपालिकामा गर्नुभएको सेवा र पुर्याउँनुभएको योगदानको उच्च कदर गर्दै आगामि दिनहरुमा उहाँहरुको उज्ज्वल भविष्यको शुभकामना सहित भव्य रुपमा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: