FAQs Complain Problems

पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न

याङलेख गाउँपालिकाको आयोजनामा मिति २०७५/०३/१३ गतेका दिन “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ घ्याङलेख गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न भयो ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खोप समन्वय समिति संयोजक एवं जि.स.स. प्रमुख शंकर राज तिवारी बर्माज्यू रहनु भएको थियो । कार्यक्रममा जि.स.स. उप-प्रमुख सम्झना अधिकारी, गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी सुनुवार, गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा घ्याङलेख गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले घ्याङलेख गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, गाउँपालिकाका उपाध्यक्ष लगाएत अन्य अतिथिज्यूहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरू (४५ जना) लाई जनहि रू.११,०००/- का दरले प्रोत्साहन भत्ता वितरण गरिएको थियो । कार्यक्रमको संचालन भरत जंग थापाले गर्नु भएको थियो भने बिच-बिचमा विभिन्न सांगितिक कार्यक्रमका साथ उपस्थित सबैलाई मनोरन्जन दिँदै कार्यक्रम सफलतापूर्वक समापन भयो ।

आर्थिक वर्ष: