आज मिति २०७७ साल असार २५ गते विहीवारका दिन दिनको ११.०० बजे देखि यस घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत वहादुर भोलनको अध्यक्षतामा प्रमुख अतिथि संघीय सांसद माननीय हरिबोल गजुरेलज्यूको साथै विशिष्ठ अतिथि बागमती प्रदेश सांसद माननीय बुद्धिमान माझी (बसन्त)ज्यूको समुपस्थितिमा अन्य पदाधिकारी,गाउँ सभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा यस गाउँपालिकाको सातौं गाउँ सभा, २०७७ को बैठकबाट स्वीकृत भएका नीति, कार्यक्रम, बजेट र सातौं गाउँ सभाले गरेका महत्वपूर्ण निर्णयहरुको सार्वजनीकिकरण कार्यक्रम सम्पन्न भयो ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    




