FAQs Complain Problems

ग्यालरी

आज मिति २०८३।०२।२९ गतेका दिन घ्याङलेख गाउँपालिकाद्वारा आयोजित SOP(सेवा प्रवाह मापदण्ड) निर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम यसै गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सह-सचिव श्रीमान रेशमलाल कडेल,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू,गाउँपालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु,वडा सचिवहरू लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका र मातहतका वडा कार्यालयहरूबाट प्रदान गरिने सार्वजनिक सेवाहरूलाई निश्चित कार्यविधि र समयसीमा भित्र पारदर्शी ढंगले सम्पादन गर्नका लागि SOP (Standard Operating Pro

मिति: 06/12/2026 - 22:13
, , , , , ,

घ्याङलेख गाउँपालिकाको आयोजनामा आज मिति २०८३ साल जेठ २९ गते "जनप्रतिनिधि मेलमिलापकर्ता तथा सरोकारवालाहरुलाई विवाद निरुपण सम्बन्धी अभिवृद्धि कार्यक्रम"सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने विवादहरूलाई न्यायोचित र सौहार्दपूर्ण वातावरणमा समाधान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली जिल्ला अदालतका माननीय न्यायाधीस श्री कमल राज विष्ट,श्रेष्तेदार श्री चित्रखर अधिकारी,सिन्धुली जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरे,घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशास

मिति: 06/12/2026 - 21:43
, , , , , , , ,

प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा देखा परेका डिजिटल सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै घ्याङलेख गाउँपालिकाको आयोजनामा विद्यालय स्तरिय साईबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमको प्रशिक्षण ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण थापा मगर र घ्याङलेख गाउँपालिका सिन्धुलीका सूचना प्रविधि अधिकृत जिवन घिमिरे ज्यूले गर्नु भएको थियो।प्रशिक्षणका क्रममा सूचना प्रविधि अधिकृत घिमिरेले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन वित्तीय ठगी (Online Fraud) बाट बच्ने उपाय, बलियो पासवर्डको महत्त्व र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित जोखिमहरूका बारेमा प्रयोगात्मक जानक

मिति: 06/05/2026 - 20:50
, , , , , , , , , , , ,

आज मिति २०८३ साल जेठ ७ गते घ्याङलेख गाउँपालिकाको आयोजनामा "नागरिक आरोग्य अभियान" सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मिति: 05/21/2026 - 20:31
, , , , , ,

आज मिति २०८३।०१।०८ गतेका दिन बागमती प्रदेश सरकार,भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री डा.दिनेशचन्द्र देवकोटा ज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमति प्रदेश सरकारका माननीय श्री गंगा नारायण श्रेष्ठ,माननीय श्री मातृका प्रसाद भट्टराई,बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री ईश्वरचन्द्र मरहट्टा,बिभिन्न पार्टिका प्रतिनिधिहरु,सिन्धुली जिल्लाका बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरु,घ्याङलेख गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरु,स्थानीय वुद्धिजीवीहरु लगायतक

मिति: 04/21/2026 - 18:24
, , , , , , , , ,

घ्याङलेख गाउँपालिकाद्वारा आयोजित AI(Artificial Intelligence) Tools सम्बन्धी १ दिवसीय कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल ज्यूको अध्यक्षतामा आज मिति २०८२।१२।२५ गतेका दिन सम्पन्न भएको छ । कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले कर्मचारीहरुको व्यक्तिगत विकास र कार्यसम्पादन दुबैमा ठूलो फाइदा पु्र्याउने अपेक्षा राखिएको छ।

मिति: 04/08/2026 - 18:36
, , , , , , , , , , , ,

आज मिति २०८२।१२।१९ गतेका दिन स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन(LGPAS) सम्बन्धी समिक्षा कार्यक्रम साथै कर्मचारी वैठक घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष ज्यूहरु,कार्यपालिका सदस्य ज्यूहरु,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

मिति: 04/02/2026 - 16:46
, , , , , , , ,

आज मिति २०८२।१२।०४ गते बुधबारको दिन घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशन (हिउँदे अधिवेशन) घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थितिमा सम्पन्न भयो ।

मिति: 03/18/2026 - 17:12
, , , , , , ,

Pages

//