आज मिति २०८२।०८।११ गतेका दिन Good vision Nepal Project का जर्मनी Donor,सर म्यामहरुलाई प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल लगायत गाउँपालिकाका कर्मचारीहरुद्वारा घ्याङलेख गाउँपालिकाको कार्यालयमा स्वागत गरियो । स्वागत पछिको कार्यक्रममा समग्र घ्याङलेख गाउँपालिकाको स्वास्थ्य क्षेत्रको अवस्थाको विषयमा छलफल भएको थियो ।
"राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ आज मिति २०८२।०७।२७ गतेका दिन देखि घ्याङलेख गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। जनजागृती मा.वि.
२२ औं निजामती सेवा दिवस,२०८२ को अवसरमा सिन्धुली जिल्ला स्थित स्थानीय तहमा कार्यरत प्रशासन सेवा लेखा समूहका कर्मचारीहरु मध्ये आ.व. ०८१।०८२ को कार्यसम्पादनमा उत्कृष्ट ठहरिनु भएका घ्याङलेख गाउँपालिकाको कार्यालय,सिन्धुलीमा कार्यरत अधिकृतस्तर छैठौं श्री महेश्वर दाहाल सरलाई यस घ्याङलेख गाउँपालिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ ।
"सुशासन -समृद्धि र विकासको परिकल्पना स्थानीय सरकारको आधार"
आज मिति २०८२।०२।०६ गतेका दिन घ्याङलेख गाउँपालिका वडा नं. २ मा कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकर मान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख श्री मनोज कुमार न्यौपाने,उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख श्री ध्रुव प्रसाद ढकाल,घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु,स्थानीय व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।
आज मिति २०८२।०२।०६ गतेका दिन घ्याङलेख गाउँपालिकाको आयोजनामा तथा कम्प्युटर एसोसियसन नेपाल महासंघ सिन्धुलीको साझेदारीमा किशोर किशोरी आधारभुत कम्प्युटर तालिमको उद्घाटन सत्र गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनको अध्यक्षतामा सम्पन्न भयो ।