FAQs Complain Problems

उन्नत जातको बियाडे बोका बितरण कार्यक्रम सम्पन्न

घ्याङलेख गाउँपालिकाको पशु शाखाको आयोजनामा आ.व. २०७६।०७७ को लागि वडाबाट सिफारिस भई आए बमोजिम प्रत्येक वडाका २/२ जना किसानलाई १/१ वटा उन्नत जातको बियाडे बोका गोला प्रथाद्वारा छनोट गरी किसान र गाउँपालिका बिच तपशिल बमोजिमको शर्तहरुमा सम्झौता गरी गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूले वितरण गर्नुभयो ।

तपशिल:
१. कृषकले प्रजनन्को लागि पालन पोषण गर्नु पर्ने ।
२. बोका विरामी हुँदा समयमा उपचार गराउनु पर्ने ।
३. बोका कारणवस प्रजनन् अयोग्य वा मर्न गएमा समयमा मुचुल्का तयार पारी घ्याङलेख गाउँपालिका पशु विकास शाखामा समयमा नै जानकारी गराउनु पर्ने ।
४. बोका बिक्रि वितरण तथा खसी पार्न पाईने  छैन ।
५. २ वर्ष पछि १ पटक मात्र कार्यक्रमबाट प्राप्त बोकाहरु साटासाट गर्न पाईने छ ।
६. विमा अनिवार्य रुपमा गर्नु पर्ने छ, विमा बापतको शुल्क कृषक आफैँले व्यहोर्ने छ ।
७. सम्झौतामा उल्लेख नभएको कुरा प्रचलित कानून बमोजिम हुनेछ ।

बोका प्राप्त गर्ने किसानहरुको विवरण तल दिईएको छ ।

आर्थिक वर्ष: