एचपिभि खोप अभियान २०८१ सुरु : घ्याङलेख गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने ६ कक्षा देखि १० कक्षा सम्मका किशोरिहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरिहरुलाई माघ २२ देखि २५ गते सम्म पाठेघरको मुखको क्यान्सर हुन वाट बचाउने एचपिभि खोप दिने कार्यक्रम सुरु भएको छ ।
अभियान शुभारम्भ कार्यक्रममा घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल, वडा नं. २ का वडा अध्यक्ष श्री रोसन कुमार भ्लोन, ई.प्र.का. वस्तिपुरका प्रहरी निरीक्षक टिकाराज बराल, स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, प्रशासन शाखा प्रमुख सुधन थिङ लगायतको उपस्थिति रहेको थियो ।