आज मिति २०८२।०२।०६ गतेका दिन घ्याङलेख गाउँपालिका वडा नं. २ मा कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकर मान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख श्री मनोज कुमार न्यौपाने,उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख श्री ध्रुव प्रसाद ढकाल,घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु,स्थानीय व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।