घ्याङलेख गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम मिति २०८३ साउन २८ र २९ गते गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित योजना, बजेट कार्यान्वयनको अवस्था, हासिल भएका उपलब्धि तथा देखिएका चुनौतीहरूमाथि गहन समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरियो।