FAQs Complain Problems

घ्याङलेख गाउँपालिका र रोशी गाउँपालिका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

घ्याङलेख गाउँपालिका, सिन्धुली र रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका जनप्रतिनिधिज्यूहरु र कर्मचारी बीच हिजो मिति २०८० जेठ ८ गते घ्याङलेख गाउँपालिकाको कार्यालय, हायुटरमा सिष्टाचार भेट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । रोशी गाउँपालिकाबाट पाल्नुभएका रोशी गाउँपालिकाका अध्यक्ष श्री दिनेश लामाज्यू, उपाध्यक्ष श्री मिम बहादुर वाईबा (ज्वाला) ज्यू, प्रबक्ता श्री बसन्त कुमार तामाङ लगायत ९ जनाको टोली र घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकर मान घलान, नि. प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधिकारी, प्रवक्ता श्री रोशन कुमार भ्लोन बीच छिमेकी यी दुई पालिकाहरुका बीच विकास निर्माणमा के कस्तो सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने विषय लगायत विविध पक्षहरुमा सौहार्दपूर्ण अन्तरक्रिया भएको थियो ।

आर्थिक वर्ष: