आज मिति २०८३ साल जेठ ७ गते घ्याङलेख गाउँपालिकाको आयोजनामा "नागरिक आरोग्य अभियान" सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यालय प्रमुख एवं प्रशिक्षक श्री दिपक राज तिमल्सिना लगायत गाउँपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नागरिकको स्वास्थ्य र आरोग्य प्रवर्द्धनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्साको भूमिकाबारे महत्त्वपूर्ण छलफल र अभिमुखीकरण गरिएको थियो।