घ्याङलेख गाउँपालिकाको आयोजनामा "पाचौँ पालिका स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप-२०८२", वरिष्ठ विद्यालय निरीक्षक श्री सुरेन्द्र कुमार स्याङतानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,सहभागी विद्यालयका प्रधानाध्यापकहरु,शिक्षक, शिक्षिकाहरु,विषयगत शाखाका विज्ञहरु,विद्याथीहरु,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु,स्थानिय वुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो । पालिका स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा श्री मा.वि. मरिण हायुटार प्रथम,श्री नेत्रकाली मा.वि.रामपुर द्वितीय र श्री नेत्रकाली मा.वि. तामाजोर तृतीय भएका छन्।