आज मिति २०८३।०१।०८ गतेका दिन बागमती प्रदेश सरकार,भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री डा.दिनेशचन्द्र देवकोटा ज्यूको स्वागत तथा अन्तरक्रिया कार्यक्रम घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बागमति प्रदेश सरकारका माननीय श्री गंगा नारायण श्रेष्ठ,माननीय श्री मातृका प्रसाद भट्टराई,बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्री ईश्वरचन्द्र मरहट्टा,बिभिन्न पार्टिका प्रतिनिधिहरु,सिन्धुली जिल्लाका बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरु,घ्याङलेख गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरु,स्थानीय वुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा माननीय मन्त्री ज्यूले आगामी आर्थिक वर्षसम्ममा यस घ्याङलेख गाउँपालिका अन्तर्गत सोलाभन्ज्याङ देखि रामपुर बजार सम्मको ९ कि.मि कालोपत्रे हुन बाँकी सडक खण्ड निर्माणका लागि प्रकृया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उहाँले बाहिरबाट भित्रिने जङ्क फुड (Junk Food) लाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तिनको उचित बजारीकरण र प्रवर्द्धन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।