FAQs Complain Problems

वडा नम्बर १ अमलेमा वडा दशैंको अवसरमा भलिबल प्रतियोगिता

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ विजया दशमी तथा शुभ-दिपावली २०७९ को पावन अवसरमा आयोजित वडा स्तरीय भलिवल प्रतियोगिता आज असोज १४ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की र वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर भोलनज्यूले सर्भिस गरेर उद्घाटन गर्नुभयो । वडा नम्बर १ को कार्यालयको प्रङ्गणमा सञ्चालन भईरहेको यस प्रतियोगित असोज १६ गतेसम्म चल्ने छ । प्रथम स्थान हासिल गर्ने टोलीले कर सहित रु. २० हजार साथै ट्रफि, मेडल र प्रमाण-पत्र, द्रोस्रो स्थान हासिल गर्ने टोलीले कर सहित रु. १५ हजार साथै ट्रफि, मेडल र प्रमाण-पत्र, तेस्रो स्थान हासिल गर्ने टोलीले कर सहित रु. १० हजार साथै ट्रफि, मेडल र प्रमाण-पत्र र सान्त्वना स्थान हासिल गर्ने टोलीले कर सहित रु. ३ हजार पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । थप पुरस्कारहरुमा बेस्ट प्लेयर ट्रफि, मेडल र प्रमाण-पत्र, बेस्ट ब्लकर ट्रफि, मेडल र प्रमाण-पत्र, बेस्ट सेन्टर ट्रफि, मेडल र प्रमाण-पत्र, बेस्ट स्पाइकर ट्रफि, मेडल र प्रमाण-पत्र र बेस्ट डिफेन्डर ट्रफि, मेडल र प्रमाण-पत्र हुने छन् ।

आर्थिक वर्ष: