FAQs Complain Problems

बिदाई कार्यक्रम

घ्याङलेख(हायुटार): आज मिति २०७६/०३/२३ गते घ्याङलेख गाउँपालिकाको आयोजनामा ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाई कार्यक्रम गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन, उपाध्यक्ष दुर्गादेवी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत सन्तोष नेपालीले महिला स्वास्थ्य स्वयंसेविकाहरुले २०४६ साल देखि अनवरत रुपमा निस्वार्थ मनले हालसम्म स्वास्थ्य क्षेत्रमा पर्याउनु भएको सेवा तथा योगदानको उच्च कदर गर्दै खादा, अविरका साथ नगद रु.२०,०००/- का दरले ५ जनालाई संयुक्त रुपमा सम्मान गर्नु भयो । स्वास्थ्य शाखा संयोजक महेन्द्र यादवले कार्यक्रमको राम्रो व्यवस्थापन गर्नुभएको थियो ।

आर्थिक वर्ष: