आज मिति २०८२।०२।०६ गतेका दिन घ्याङलेख गाउँपालिकाको आयोजनामा तथा कम्प्युटर एसोसियसन नेपाल महासंघ सिन्धुलीको साझेदारीमा किशोर किशोरी आधारभुत कम्प्युटर तालिमको उद्घाटन सत्र गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकर मान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख श्री मनोज कुमार न्यौपाने,उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख श्री ध्रुव प्रसाद ढकाल,कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बागमती प्रदेश अध्यक्ष श्री किरण श्रेष्ठ,कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ सिन्धुली निवर्तमान अध्यक्ष श्री अजय कुमार श्रेष्ठ, गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।