"राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ आज मिति २०८२।०७।२७ गतेका दिन देखि घ्याङलेख गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। जनजागृती मा.वि. गोपेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको बागमति प्रदेश सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ ज्यूले उद्घाटन गर्नु भएको हो ।उद्घाटन कार्यक्रमको अध्यक्षता घ्याङलेख गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष अविनास वाइवाले गर्नु भएको थियो । कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान, वडा अध्यक्षहरु,घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,सहभागी विद्यालयहरुका प्रधानाध्यापकहरु,शिक्षकहरु, विद्यार्थीहरु,स्थानीय समाजसेवी,विद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो ।