घ्याङलेख गाउँपालिकाको आयोजनामा आज मिति २०८३ साल जेठ २९ गते "जनप्रतिनिधि मेलमिलापकर्ता तथा सरोकारवालाहरुलाई विवाद निरुपण सम्बन्धी अभिवृद्धि कार्यक्रम"सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने विवादहरूलाई न्यायोचित र सौहार्दपूर्ण वातावरणमा समाधान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली जिल्ला अदालतका माननीय न्यायाधीस श्री कमल राज विष्ट,श्रेष्तेदार श्री चित्रखर अधिकारी,सिन्धुली जिल्ला न्यायाधिवक्ता श्री निमा घिमिरे,घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू,वडा सदस्यहरू,स्थानीय मेलमिलापकर्ताहरू,गाउँपालिकाका एवं जिल्लाका बिभिन्न कार्यालयबाट उपस्थित कर्मचारीहरू,वडा सचिवहरू तथा सुरक्षा निकायका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाउन, मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्न र जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच विवाद निरुपणका कानुनी एवं व्यावहारिक पाटाबारे आपसी समन्वय बढाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।