आज मिति २०८३।०२।२९ गतेका दिन घ्याङलेख गाउँपालिकाद्वारा आयोजित SOP(सेवा प्रवाह मापदण्ड) निर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम यसै गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सह-सचिव श्रीमान रेशमलाल कडेल,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू,गाउँपालिकाका बिभिन्न शाखाका शाखा प्रमुखहरु,वडा सचिवहरू लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका र मातहतका वडा कार्यालयहरूबाट प्रदान गरिने सार्वजनिक सेवाहरूलाई निश्चित कार्यविधि र समयसीमा भित्र पारदर्शी ढंगले सम्पादन गर्नका लागि SOP (Standard Operating Procedure) निर्माणका सैद्धान्तिक र व्यावहारिक पाटाहरूमाथि कार्यक्रममा सरोकारवालाहरूबीच विस्तृत छलफल भएको थियो। यस मापदण्डको निर्माण र कार्यान्वयन पश्चात् गाउँपालिकाको प्रशासनिक कार्यक्षमतामा थप वृद्धि भई नागरिकले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।