FAQs Complain Problems

आगोलागी पिडित दल बहादुरलाई आर्थिक सहयोग

घ्याङलेख गाउँपालिका वडा नं. १ निवासी खड्ग बहादुर थापाका छोरा वर्ष ७२ का श्री दल बहादुर थापाले यस कार्यालयमा दिनुभएको निवेदन अनुसार मिति २०७७।०८।०१ गतेका दिन साँझ ७:०० बजे अकस्मात आगोलागी भै ढुङ्गा माटोको गाह्रो भएको घर पूर्ण नष्ट भएकोले क्षतिपूर्तिका लागि स्थलगत प्रहरी सर्जिमिन मुचुल्का, क्षतिग्रस्त घरको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस समेत पेश हुन आएकाले घ्याङलेख गाउँपालिकाको "विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७६" को बुँदा नं. २२(ग) को "ख" मा भएको व्यवस्था अनुसार घरवार विहीन परिवारलाई राहत बापत रु. ३०,०००।- (अक्षेरुपी तीस हजार मात्र) रुपैयाँ उपलब्ध गराउनुहुँदै गा.पा. अध्यक्ष - जगत बहादुर भोलनज्यू र उपाध्यक्ष - दुर्गादेवी सुनुवारज्यू ।

आर्थिक वर्ष: