घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सरको घर नजिकैको अत्यन्तै मनमोहक कालापानी स्थित पार्कमा गई मिति २०७७ पौष ११ गते शनिवारका दिन घ्याङलेख गाउँपालिकाको कर्मचारीहरुको वनभोज कार्यक्रम सम्पन्न गरियो । ५५ जनाको सहभागिता रहेको उक्त वनभोजमा १७ जना अन्य अतिथि र केहि विशिष्ट अतिथिहरु समेत सामेल हुनुभएको थियो । घ्याङलेख गाउँपालिकाका अध्यक्षज्यू र उपाध्यक्षज्यूको सहभागिताले अझ सुनमा सुगन्ध थपिएको कार्यक्रममा आफ्नै घर अगाडी आफ्नै अग्रसरतामा निर्मित पार्कमा वनभोज कार्यक्रम आयोजना गर्न पाउँदा प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरले खुशी व्यक्त गर्नु भयो । अत्यन्तै सभ्य र भव्य तरिकाले सम्पन्न उक्त वनभोज कार्यक्रम सफल पार्नका लागि सहभागी कर्मचारीहरुबाट जनहि रु. १५००।- का दरले आर्थिक संकलन गरिएको थियो ।