FAQs Complain Problems

ट्राफिक चिन्ह बारे जानकारी बोर्डको उद्घाटन

आज मिति २०७८ मंसिर १७ गते घ्याङलेख गाउँपालिकाको हायूटार बजार चोकमा ट्राफिक चिन्ह बारे जानकारी बोर्डको उद्घाटन गरिएको छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूले बोर्डको रिबन काटेर उद्घान गर्नुभएको हो । यस कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की, लेखा अधिकृत (सातौं) श्री सुरेश कुमार अधिकारी, ईलाका प्रहरी कार्यालय बस्तिपुरका प्रहरी निरीक्षक सरोज राई, वडा नं. १ का अध्यक्ष रामकाजी वाइबा लगायत अन्य स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । अब लगतै ट्राफिक चिन्ह बारे जानकारी बोर्ड घ्याङलेख गाउँपालिकाको १० वटा मुख्य बजार, चोक र स्थानहरुमा राखिने छ । 

आर्थिक वर्ष: