FAQs Complain Problems

लैंगिक हिंसा न्यूनीकरणमा विद्यालय र समुदायको भूमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

"घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं" भन्ने मूल नाराका साथ ३० औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०७८ अन्तर्गत लैंगिक हिंसा न्यूनीकरणमा विद्यालय र समुदायको भूमिका विषयक १ दिने अन्तरक्रिया घ्याङलेख गाउँपालिकामा आज सम्पन्न भएको छ । गाउँपालिकाका प्रवक्ता एबं वडा नं. २ का अध्यक्ष श्री एक बहादुर खड्काज्यूको अध्यक्षताम सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की, अन्य अतिथिज्यूहरु, कर्मचारीहरु र श्री मा. वि. मरिण हायूटारका कक्षा १० मा अध्ययनरत छात्राहरुको सहभागिता रहेको थियो । अधिकृत छैठौं गिरीराज खनाल र प्रशासन सहायक लक्ष्मण दत्त पन्त सरहरुले लैंगिक हिंसा सम्बन्धी प्रस्तुति राख्नुभएको यस कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख देबु खड्काले सञ्चालन गर्नुभएको थियो । मिति २०७८ मंसिर ०९ गते देखि सुरु भएको यो अभियान विभिन्न कार्यक्रमहरु गरी मंसिर २४ गते समापन हुनेछ ।

आर्थिक वर्ष: