सहकारी विभाग, काठ्माण्डौंको प. सं. २०७७।०७८, च. नं. ०७ र मिति २०७७।०४।०२ को पत्रानुसार सहकारी संस्थाहरुको एकीकृत विवरण तयार गर्ने क्रममा यस गाउँपालिका भित्र कार्यक्षेत्र बनाई काम गरिरहेका सहकारी संस्थाहरुको विवरण माग भई आएको हुँदा यस गाउँपालिका भित्र काम गरिरहेका सम्पूर्ण सहकारी संस्थाहरुले संलग्न फारम अनुसारको ढाँचामा विवरण तयार गरी मिति २०७७ साउन १५ गते भित्र यस गाउँपालिकामा उपलब्ध गराई दिनुहुन अनुरोध छ । फारम www.ghyanglekhmun.gov.np बाट पनि डाउनलोड गर्न सक्नुहुनेछ र यस गाउँपालिकाको कार्यालयबाट पनि उपलब्ध हुने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।