हिजो मिति २०७८ साल भाद्र २२ गते मंगलबार १८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेख गाउँपालिकाको आयोजनामा ई. प्र. का. बस्तिपुरको प्रङ्गनमा दिउँसो १ बजे देखि सुरु भई बेलुका ५ बजे सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सहभागी जम्मा ७ वटा टिमहरु बीच नकआउट विधिबाट खेल खेलाईएको थियो । खेलमा प्रथम, द्वितीय र तृतीय हुन सफल टिमहरुलाई पुरुस्कार सहित सम्मान गरिएको थियो ।