FAQs Complain Problems

२०८० साउन महिनाको स्टाफ बैठक सम्पन्न

घ्याङलेख गाउँपालिकाको कार्य सञ्चालन पात्रो अनुसार आज मिति २०८० साउन ३ गते बुधारका दिन अध्यक्षज्यू, उपाध्यक्षज्यू, वडा नम्बर २ का अध्यक्षज्यू र सम्पूर्ण कर्मचारीहको उपस्थितिमा गाउँपालिकाको सभाहलमा मासिक स्टाफ बैठक सम्पन्न गरियो । बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म चलेको स्टाफ बैठकमा अघिल्लो स्टाफ बैठकको समीक्षा र असार महिनाको मासिक प्रगति विवरणहरु प्रस्तुत भएको थियो । सबै शाखा प्रमुखहरु, सबै स्वास्थ्य चौकी प्रमुखहरु, स्वास्थ्य इकाई प्रमुखहरु र वडा सचिवज्यूहरुले पालैपालो आ-आफ्ना प्रस्तुतिहरुका साथै समस्याहरु राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरले सबै समस्याहरुको जवाफ दिनुका साथै आगामी कार्ययोजनाका बारेमा कार्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । अध्यक्षज्यू र उपाध्यक्षज्यूले यस बैठक अत्यन्तै राम्रो भएको बताउनु भयो । घनिभूत छलफल र अन्तरक्रिया गरी आजको स्टाफ बैठक समग्रमा सकारात्मक बिन्दुमा पुगि समापन गरियो ।

आर्थिक वर्ष: