FAQs Complain Problems

View Tower शिलान्यास कार्यक्रम सम्पन्न

आज मिति २०७८ साल पौष २८ गते बुधबारका दिन घ्याङलेख गाउँपालिकाकै सबै भन्दा अग्लो स्थान फापरचुली स्थित View Tower को शिलान्यास कार्यक्रम सम्पन्न गरियो । घ्याङलेख गाउँपालिकाको अध्यक्ष श्री जगत बहादुर भोलन, उपाध्यक्ष श्री दुर्गादेवी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधिकारी सरले संयुक्त रुपमा View Tower को जगमा इट्टा राखेर शिलान्यास गर्नुभएको थियो । शिलान्यास कार्यक्रम सुरुवात हुने बित्तिकै हिँउको वर्षाले स्वागत गरिएको उक्त कार्यक्रममा वडा नं. १ का अध्यक्षा श्री रामकाजी वाइबा, वडा नं. २ का अध्यक्षा श्री एक बहादुर खड्का, घ्याङलेख निर्माण सेवाका संचालक श्री सुवाश वाइबा, उक्त स्थानमा अवस्थित पशुपति मन्दिरका माता, घ्याङलेख गाउँपालिकाका सूचना प्रविधि अधिकृत श्री किशोर वाइबा, जिन्सी शाखा प्रमुख श्री भरतजंग थापा, वडा नं. १ का कार्यपालिका सदस्य श्री जेसुन्दरी माया वाइबा लगायत सरोकारवाला र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । 

आर्थिक वर्ष: