FAQs Complain Problems

सूचना तथा समाचार

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना !!!

प्रस्तुत विषयमा यस कार्यालयको देहायका बिज्ञापनमा लिईएको लिखित परीक्षामा सम्मिलित उमेद्वारहरू मध्धे वर्णानुक्रम अनुसार देहायका रोल नम्बर तथा नाम थर भएका उमेद्वार उतीर्ण भई अन्तरवार्ताका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा तालिका सम्बन्धि सूचना !!!

यस घ्याङलेख गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा करार सेवामा कर्मचारी भर्ना सम्बन्धी मिति २०७५/०४/२३ गते प्रकाशित सूचनामा उल्लेखित पदहरुको परीक्षा मिति, समय र स्थान तपशिल बमोजिम कायम गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ ।

करार सेवामा कर्मचारी भर्ना सम्बन्धी सूचना !!!

घ्याङलेख गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीहरूमा रिक्त तपशिल बमोजिमका पदहरूमा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति : २०७५/०५/०६) भित्र आवश्यक कागजातहरू सहित यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर

दस्तावेज: 

परिचय : घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ ।

 

घ्याङलेख गाउँपालिकाको भिडियो बृत्तचित्र

Pages