लोकसेवा आयोगबाट स्थायी नियुक्ति लिई विगत १ वर्ष देखि घ्याङलेख गाउँपालिकामा कार्यरत अधिकृतस्तर छैठौं सिभिल इन्जिनियर श्री दिपेश न्यौपाने सर भरतपुर महानगरपालिका सरुवा भई जानुभएकोले हिजो मिति २०७७ चैत्र ११ गते बुधबारका दिन घ्याङलेख गाउँपालिकाबाट पहिलो पटक ड्रोनद्वारा सामूहिक फोटो सेसन गरी विदाई गरियो । आगामि दिनमा उज्जवल भविष्यको शुभकामना सहित विगत १ वर्षको अन्तरालमा यहाँले गर्नुभएको सहयोग र योगदानको कदर गर्दै घ्याङलेख गाउँपालिका धन्यवाद व्यक्त गर्न चाहन्छ ।