FAQs Complain Problems

स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

मिति २०७६ फागुन २८ गते यस घ्याङलेख गाउँपालिकामा हाजिर हुनुभएका यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर आज मिति २०७८ मंसिर १७ गते घ्याङलेख गाउँपालिकाबाट बिदा हुनुभएको छ । उहाँको सरुवा सिन्धुली जिल्लाकै तीनपाटन गाउँपालिका हुनुभएको हो । उहाँको फेरी भेटौंला अर्थात बिदाई सँगै यसै गाउँपालिकामा विगत १ वर्ष देखि कार्यरत लेखा अधिकृत (सातौं) श्री सुरेश कुमार अधिकारी सरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित स्वागत गरियो । यसै क्रममा बिभिन्न आरोह र अबरोहहरु पार गर्दै विगत १ वर्ष

९ महिनासम्म अनवरत रुपमा खटिनुभई यहाँले यस गाउँपालिका प्रति पुर्याउँनुभएको अमुल्य योगदानको उच्च कदर गर्दै सम्पूर्ण पालिका परिवार र जनताहरु यहाँको सम्मानकासाथ फेरी भेटौंला भन्न चाहन्छौँ । साथै, आगामी दिनहरुमा सरको प्रगति, सुस्वास्थ्य, दीर्घायु, उन्नतिको कामाना सहित हार्दिक मंगलमय शुभकामना । अनि सुरेश सरलाई पनि नयाँ जिम्मेवारीको लागि हार्दिक बधाई तथा सुभकामना ।

यसै कार्यक्रमका बिच घ्याङलेख गाउँपालिकाद्वारा प्रकाशन गरिएको "घ्याङलेख दर्पण" नामक पुस्तक पनि आजै बिमोचन गरिएको छ । पुस्तकको बिमोचन घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन, बिदा हुँदै गर्नुभएका प्रमुख प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की र अब प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिनुभएका श्री सुरेश कुमार अधिकारी सरले संयुक्त रुपमा गर्नुभएको थियो । यस पुस्तकमा आ. व. २०७८।०७९ को घ्याङलेख गाउँपालिकाको बस्तुगत विवरण, नीति, कार्यक्रम, बजेट र उपलब्धि समेटीएको छ । पहिलो संस्करणमा १००० प्रति प्रकाशन गरिएको यस पुस्तकको आवरण पृष्ठको अगाडि पट्टी ऐतिहासिक लाखाङ गुम्बा र पछाडि पट्टी घ्याङलेख गाउँपालिकाको कार्यालय रहेको स्थान हायुटार बजार क्षेत्रको तस्वीर राखिएको छ । अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष दुर्गादेवी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की संरक्षक रहेको यस पुस्तकको आवरण डिजाईन यसै गाउँपालिकाका सूचना प्रविधि अधिकृत किशोर कुमार वाइबाले गर्नुभएको हो ।

YouTube Video Link:
https://youtu.be/yuIpvq8Df_0

आर्थिक वर्ष: