FAQs Complain Problems

बिदाई अर्थात फेरी भेटौँला कार्यक्रम सम्पन्न (२०७८ पौष ६)

बिगत एक/डेढ वर्ष देखि यस गाउँपालिकामा कार्यरत रहनुभएका अधिकृत छैठौं श्री गिरीराज खनाल सर र प्रा. स. श्री पुष्पराज दुवाडी सर नियमित सरुवाको क्रममा अन्यन्त्र पालिका सरुवा हुनुभएकोले आज मिति २०७८ साल पौष ६ गते मंगलबारका दिन यस गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू, उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारज्यू, प्रबक्ता श्री एक बहादुर खड्काज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधिकारीज्यू लगायत टोल विकास संस्थाका सदस्यज्यूहरु र कर्मचारीहरुको उपस्थितिमा उहाँहरुले यहाँ रहँदा यस गाउँपालिकामा गर्नुभएको सेवा र पुर्याउँनुभएको योगदानको उच्च कदर गर्दै आगामि दिनहरुमा उहाँहरुको उज्ज्वल भविष्यको शुभकामना सहित भव्य रुपमा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: