FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाका अध्यक्षज्यू र उपाध्यक्षज्यूद्वारा सवारी साधनको साँचो फिर्ता

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरियो । पहिलो स्थानीय सरकारको रुपमा जनप्रतिनिधिज्यूहरुको ५ वर्षे कार्यकाल सकिनै लाग्दा अनि निर्वाचन आयोगले आउँदो बैशाख ३० गते स्थानीय चुनावको मिति तोकिएको परिपेक्षलाई मध्यनजर गर्दै स्थानीय चुनावको आचारसंहिता लागु हुनु अगाबै आज मिति २०७८ साल चैत्र १० गतेकोका दिन कार्यालयका कर्माचारीहरुको उपस्थितिमा एक कार्यक्रमका बीच घ्याङलेख गाउँपालिका, सिन्धुलीका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू र उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारज्यूले आफूहरुले प्रयोग गर्दै आउँनुभएको सवारी साधनको साँचो यसै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सरलाई हस्तान्तरण गर्नु भएको छ । "कार्यालय समयमै पुग्न सजिलो होस भनेर मलाई जनताले विश्वास गरेर दिएको साँचो म आजबाट घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरलाई जिम्मा लगाउँदै छु " भनेर अध्यक्षज्यूले साँचो हस्तान्त्रण गर्नुभएको थियो । उपाध्यक्षज्यूले पनि "जनताले उहाँहरुको काम गर्न सजिलो होस भनेर दिएको जनताको नासो आजबाट जनतालाई नै फिर्ता गर्दैछु" भन्नुहुँदै सवारी साधनको साँचो प्रमुख प्रशासकीय अधिकृत सरलाई हस्तान्त्रण गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सरले पनि अध्यक्षज्यू र अपाध्यक्षज्यूले चुनावको आचारसंहिता लागु हुनु अगाबै आफूहरुले प्रयोग गर्दै आउँनुभएको सवारी साधनको साँचो गाउँपालिकालाई जिम्मा लगाएर सराहनीय काम गर्नुभएको भन्नुहुँदै प्रसंशा गर्नुभएको थियो । ५ बर्षे कार्यकालमा विभिन्न आरोह र अवरोहका बीच जीउज्यान लगाएर जनताको सेवामा खटिनुभएकोमा अध्यक्षज्यू र उपाध्यक्षज्यूलाई घ्याङलेख गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ । Website Link: https://bit.ly/3tAeaNc

आर्थिक वर्ष: