यस घ्याङलेख गाउँपालिकाको आ. व. २०७८।०७९ को वार्षिक कार्यक्रम तथा बागमती प्रदेश सशर्त अनुदान कार्यक्रम अन्तरगत आमा बाबु बिहिन बालबालिका संरक्षण कार्यक्रमका लागि कार्यक्रम मापदण्ड अनुसार छनौट भएका वडा नम्बर १ निवासी बालबालिका/संरक्षकहरु जोगीमाया मुक्तान र रोमिस भोलनलाई महिनाको रु.२०००।- का दरले १२ महिनाको एकमुष्ट रकम रु.२४०००।- प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की र लेख अधिकृत सातौँ श्री सुरेश कुमार अधिकारी सरको उपस्थितिमा गाउँपालिका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू र उपाध्यक्ष श्री शंकरमान घलानज्यूले चेक प्रदान गर्नुभएको छ ।