घ्याङलेख गाउँपालिकाले गर्ने वस्तु तथा सेवा प्रवाह र काम कारबाहीको गुणस्तरका बारेमा सार्वजनिक पदाधिकारीहरु (उपाध्यक्ष - शंकरमान घलान, प्रमुख प्रशासकीय अधिकृत - दाताराम प्याकुरेल, वडा नं. ३ का अध्यक्ष - निश्चल सुनुवार र सम्बन्धित शाखा प्रमुखहरु ) र सरोकारवालाहरुबीच प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गरी वडा नं. ३ को कार्यालय तामाजोरमा आज सार्वजनिक सुनुवाई सम्पन्न गरियो ।