FAQs Complain Problems

प्रहरी कर्मचारीहरुसँग सम्बन्धित उजुरी पेटीका स्थापना कार्यक्रम सम्पन्न

आज मिति २०७७ मंसिर २५ गतेका दिन घ्याङलेख गाउँपालिकाको प्रांगणमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो, सुझाव तथा उजुरी पेटीका स्थापना कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं. २ का अध्यक्ष श्री एक बहादुर खड्का रहनुभएको थियो भने प्रहरी निरीक्ष, अन्य प्रहरी साथीहरु, गाउँपालिकाका सर, मिसहरु र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । अब देखि प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो, सुझाव तथा उजुरी उक्त पेटीकामा राख्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ । उजुरी पेटीका गाउँपालिका अगाडि पट्टी राखिएको छ । यहाँहरुले राख्नु भएको उजुरी गोप्य रहने छ । उजुरी पेटीका प्रत्येक महिनाको अन्तिममा सबै जनाको उपस्थितिमा मुचुल्का उठाई सिलबन्दी गरी बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा पठाईने छ ।  प्रहरी कर्मचारीहरुमा स्वच्छ आचरणको विकास गर्नको लागि उजुरी पेटीका राखिएको प्रहरी निरीक्षक सरोज राईले बताउनु भयो ।

आर्थिक वर्ष:

//