FAQs Complain Problems

उपभोक्ता समितिको क्षमता अभिवृद्धि तालिम तामाजोरमा सम्पन्न

घ्याङलेख गाउँपालिकाद्वारा स्थानीय तह लागु भए पश्चात पहिलो पटक हिजो मिति २०७७ मंसिर २७ गते शनिवार तामाजोरमा वडा नं. ३ अन्तर्गतका सबै उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवज्यूहरुलाई भेला गरी क्षमता अभिबृद्धि तालिम संचालन गरियो ।  वडा  नं. ३ का अध्यक्ष श्री कृष्ण बहादुर थिङज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त तालिममा घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत- राम कुमार कार्की सर, इन्जिनियर- दिपेश न्यौपाने, लेखा शाखाबाट रुद्र प्रसाद दहाल र योजना शाखाबाट लक्ष्मण दत्त पन्त सरले तालिममा सहजिकरण गर्नुभएको थियो । उल्लेख्य मात्रामा जनसहभागिता रहेको उक्त तालिमबाट घ्याङलेख गाउँपालिकाले दिगो विकास निर्माणका कामहरु गर्न उपभोक्ता समितिलाई सहज हुने अपेक्षा राखेको छ ।    

आर्थिक वर्ष:

//