FAQs Complain Problems

घ्याङलेख गाउँपालिकामा सेवा प्रवाहको लागि टोकन प्रणालीको सुरुवात

आज मिति २०७७ साल फाल्गुण ११ गतेका दिन घ्याङलेख गाउँपालिकाबाट प्रवाह गर्ने सेवालाई प्रभावकारी ढंगले छिटो, छरितो र सुलभ तरिकाबाट सञ्चालन गर्न यसै गाउँपालिकाका अध्यक्षज्यू श्री जगत बहादुर भोलन, प्र. प्र. अ. श्री राम कुमार कार्की सर र अन्य कर्मचारीहरुको सहभागितामा टोकन प्रणालीबाट सेवा प्राप्त गर्नुहुने पहिलो सेवाग्राही श्री छबिलाल स्याङतानलाई सेवा प्रदान गर्दै टोकन प्रणालीको शुरुवात गरियो । अध्यक्षज्यू र प्र. प्र. अ. सरले टोकन प्रणाली बारे प्रष्ट पार्न मन्तव्य राख्नुभएको यस कार्यक्रममा सेवाग्राही श्री छबिलाल स्याङतानले टोकन प्रणालीबाट  छिटो, छरितो सेवा प्राप्त गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । 

आर्थिक वर्ष: