आज मिति २०८२।१२।१९ गतेका दिन स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन(LGPAS) सम्बन्धी समिक्षा कार्यक्रम साथै कर्मचारी वैठक घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष ज्यूहरु,कार्यपालिका सदस्य ज्यूहरु,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
आज मिति २०८२।१२।०४ गते बुधबारको दिन घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशन (हिउँदे अधिवेशन) घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन ज्यूको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,गाउँसभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु लगायतको उपस्थितिमा सम्पन्न भयो ।
घ्याङलेख गाउँपालिकाको आयोजनामा मिति २०८२ फागुन १ देखि ३ गते सम्म सञ्चालन हुने "तीन दिवसीय आधारभूत तहका स्वास्थ्य विषय अध्यापन गराउने शिक्षकहरुका लागि वाद्यवादन सिप विकास अन्तर्गत मादल बजाउने आधारभूत तालिम" आज मिति २०८२।११।०१ गते बाट घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु भएको छ। उद्घाटन कार्यक्रमको अध्यक्षता भाषा संस्कृति स्थानीय संगीत ललितकला संरक्षण विकास समितिका अध्यक्ष श्री जनक स्याङतान ज्यूले गर्नु भएको थियो।
घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलन, सिन्धुली निर्वाचन क्षेत्र नं. १ र २ का निर्वाचन अधिकृतहरु, निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक, सुरक्षा निकायका प्रमुखहरु, घ्याङलेख गाउँपालिकाका कर्मचारीहरु एवम् जनप्रतिनिधिहरु तथा स्थानीय वुद्धिजीवीहरु लगायतको उपस्थितिमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल सम्पन्न भयो।
घ्याङलेख गाउँपालिकाको आयोजनामा "पाचौँ पालिका स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप-२०८२", वरिष्ठ विद्यालय निरीक्षक श्री सुरेन्द्र कुमार स्याङतानको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान,प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल,सहभागी विद्यालयका प्रधानाध्यापकहरु,शिक्षक, शिक्षिकाहरु,विषयगत शाखाका विज्ञहरु,विद्याथीहरु,विभिन्न शाखा /इकाइ/सेवा केन्द्र/वडा कार्यालयमा कार्यारत कर्मचारीहरु,स्थानिय वुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो । पालिका स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा श्री मा.वि.
आज मिति २०८२ साल मंसिर १५ गतेका दिन घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षता र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरियो ।