FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

परिचय : घ्याङलेख गाउँपालिका

नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारको स्थानीय तहहरूको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई  बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय गरे अनुसार मध्यमान्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अन्चलको मध्य भागमा अवस्थित सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघिय शासन प्रणाली अवलम्वन गर्ने संवैधानिक व्यवस्था अनुरूप ७ प्रदेशमा विभाजित नेपालको प्रदेश नं. ३ मा अवस्थित सिन्धुली जिल्लाको पश्चिमउत्तरमा घ्याङलेख गाउँपालिका पर्दछ । सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत पर्दछ । घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारबाट ३५ कि.मि. र सिन्धुली जिल्ला हुँदै जाने वि.पि. राजमार्गको पिपल भन्ज्याङबाट २२ कि.मि. को दूरीमा अवस्थित रहेको छ ।

 

घ्याङलेख गाउँपालिकाको भिडियो बृत्तचित्र

खरिद इकाई गठन गरिएको सम्बन्धमा

घ्याङलेख गाउँपालिकाको आ. व. २०८०।०८१ को लागि निर्माण सामाग्रीहरुको दररेट

घर नक्सा सम्बन्धी अत्यन्त जरुरी सूचना

दस्तावेज: 

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com

सेवाहरु

सेवा प्रकारः- उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणिातहरु
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन,
२) विषय संग सम्बन्धित प्रमाण कागजात,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- लगानीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
३) स्थानीय तहवाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
४) बहाल सम्झौताको प्रतिलिपी,
५) आफ्नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घरजगगा कर तिरेको ।

सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- लगानीकनीको आधारमा शुल्क निर्धारण हुने ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
२) विदेशीको हकमा राहानीको प्रमाणित प्रतिलिपी सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस,
४) २ प्रतिफोटो,
५) घर बहाल सम्झौता,
६) आफनो नै घर टहरा भए चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ,
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भीत्र नि:शुल्क, ३५ दिन कटेपछी रु. ५०।- सम्म ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) अदालतवाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी,
३) पतिपत्नीको नागरीकताको प्रतिलिपी १।१ प्रति,
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- बसाई सराईजाने/आउने दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भीत्र नि:शुल्क, ३५ दिन कटेपछी रु. ५०।- सम्म ।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात,
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ,
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र,
५) जाने – आउने सबै व्यक्तिको नागरिकता ÷ जन्मदर्ताको प्रतिलिपी,
६) चालु आ.व.सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- मालपोत वा भूमीकर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७६को अनुसुचि २ अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा,नवीकरणका लगि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण शुल्क,
३) घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको प्रमाण ।

Pages

जानकारी